काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १७ सय ९५ रूपैयाँ कायम भएको छ ।