यो घटाइ स्वभाविक हैन, अर्का साताबाट सेयर बजार बढ्छः लगानीकर्ता नरेन्द्रमान श्रेष्ठ

काठमाडौं । तिहारपछि खुलेको सेयर बजारले लगानीकर्तालाई निरास बनाइरहेको छ । तिहारपछिको पहिलो ३ करोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५८.५५ अंकले तल ओर्लिसकेको छ । बिहीबार पनि सूचक ५९.५७ अंकले घट्दा २६९०.२९ अंकमा आइपुगिसकेको छ ।

यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से १९.२ अंक र मंगलबार ७९.७९ अंकले घटेको छ ।

तिहारपछि निरन्तर रुपमा बजार घट्दा लगानीकर्तामा निरासा छाएको छ ।

सेयर बजार अहिले घट्नु पर्ने कुनै कारण नभए पनि बजार निरन्तर रुपमा आर्फू चकित भएको सेयर लगानीकर्ता नरेन्द्रमान श्रेष्ठ बताउँछन् ।

‘मौद्रिक नीतिको समीक्षा हुँदैछ । समीक्षाले ४–१२ को विषयमा केही लचकता अपनाउने छ,’ श्रेष्ठले भने, ‘साथै, सूचीकृत कम्पनीहरुले पनि राम्रो लाभांश घोषणा गरिरहेका छन् । अहिलेको घटाइ स्वाभाविक भने हैन ।’

यस्तोमा बजार घट्नु पर्ने कुनै आधार आफूले नदेखेको लगानीकर्ता श्रेष्ठ बताउँछन् । बजारमा तरलताको अभावको केही चाप छ । तर, पछिल्लो केही साताको कारोबार रकम हेर्ने हो भने पनि औसतमा ५, ६ अर्ब रुपैयाँको कारोबार भइरहेको छ ।

‘यो हिसाबले पनि डराउनु पर्ने अवस्था छैन । बजारमा राम्रै पैसाको कारोबार भइरहेको छ । अर्को साताबाट बजार बढ्छ,’ उनले भने ।

तिहार अघि बजार बढेकाले पनि यो करेक्सनको समय हुन सक्ने उनको बुझाइ छ । ठूलो अंकले नेप्सेमा गिरावट देखिँदा यसलाई करेक्सन नै हो भन्न सकिने अवस्था छैन ।

केही ठूला लगानीकर्ताले बजार बढेको समयमा आफूसँग भएको सेयर बिक्री गरिसकेका छन् । अहिले बजार घटाएर सस्तोमा सेयर किनेर महँगोमा बेच्ने दाउमा छन् । बजार तल माथि हुनु प्राकृति नियम नै हो । केही समय होल्ड गर्न सकिए बजार फेरि फर्किने छ ।

नयाँ प्रवेशी लगानीकर्ताहरु बजार घट्दा डराएर सेयर बेचेको जस्तो देखिन्छ । उहाँहरुले बजार घटिरहेकाले भोलि फेरि घट्छ कि भन्ने डरका कारण बिक्री गरि राख्नु भएको छ । धेरै नयाँ लगानीकर्ताहरुले आत्तिएर तथा डराएर पनि सेयर बिक्री गरिराखेका छन् । यस्तो प्रवृत्तिले गर्दा पनि बजार घट्न मद्दत गरिरहेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स