८ वर्षमा पौने ११ खर्बको पेट्रोलियम पदार्थ भित्रिए

काठमाडौं । नेपाल आयल निगमले विगत ८ वर्षमा १० खर्ब ६१ अर्ब २१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । निगमले २०७०/७१ देखि २०७७/७८ सम्म सो मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात गरेको हो ।

यो अवधिमा निगमले सबैभन्दा बढी पेट्रोलियम पदार्थ आर्थिक वर्ष २०७५/७६ मा आयात गरेको निगमको तथ्यांक छ । निगमले सो वर्ष २९ लाख ३८ हजार ९२९ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो ।

८ वर्षको अवधिमा सबैभन्दा कम भने भारतले सीमा नाका बन्द गरेका बेला आयात कम भएको छ । निगमले सो आवमा ५९ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो ।

निगमको पेट्रोलियम पदार्थको कारोबार हेर्दा सबैभन्दा बढी ५९ प्रतिशत डिजेल रहेको छ भने दोस्रो स्थानमा पेट्रोल परेको छ ।
यस्तो छ आयातको अवस्था

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स