प्रकाशकीय
परिसूचक मिडियाद्वारा सञ्चालित हाम्रोअर्थ डटकम आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७८ साउन १८ गतेबाट सञ्चालनमा आएको हाम्रोअर्थ डटकमले ३ वर्ष पूरा गरेको हो ।
तथ्य र यथार्थपरक समाचार विश्लेषणात्मक हिसावले सम्प्रेषण गर्दै आइरहेको छौं । यो अवधीमा निश्पक्ष र जिम्मेवार पत्रकारितालाई स्थापित गर्न हाम्रोअर्थले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका समेत खेलेको छ ।
आर्थिक पत्रकारिताको माध्यमबाट देश र समाजमा भएका विविध पाटाहरूलाई समृद्धीसँग जोडेर उधिन्नुमात्र नभई विकृतिलाई उधिन्याउनु पनि हामीले हाम्रो कर्तव्य सम्झेका छौं ।
आर्थिक अनियमितता र भ्रष्टाचारका विरुद्धमा कलम चलाउँदै सुशासनका पक्षमा लड्दा आफूलाई सौभाग्यशाली पनि ठानेका छौं । साथैं, उद्यमशीलता, अर्थतन्त्रको स्वच्छ विकासमा टेवा पुर्याउन पनि हाम्रोअर्थले समाचारीय योगदान पुर्याएको छ ।
हाम्रोअर्थद्वारा सम्प्रेसित समाचारले नीति निर्मातादेखि उद्यमी व्यवसायीलाई मार्ग निर्देशन गर्न सकेको हामीले ठानेका छौं । सिंगो देशलाई समेत विकासशील मुलुकमा रुपान्तरण गर्न हामीबाट सम्प्रेसित समाचारले अहम भूमिका खेलिरहेको छ ।
हरेक पाइलामा यहाँहरूले देखाउनु भएको सदास्यता हाम्रा लागि अमूल्य पुँजी हुन् । सूसुचित गर्ने अभियानका जुटेका हामीबाट समाचार लेखनको क्रममा विषयवस्तु पस्कदा कोहि कसैलाई लक्षित भएमा क्षमाप्राथी छौ ।
न्यायिक समाज, समान पहुँच अभिवृद्धिका लागि बढेका हाम्रा पाइलालाई निरन्तर हातेमालो गरी सघाउनु हुने आम पाठकवर्ग, विज्ञापनदाता, मार्गनिर्देश गर्ने सम्पूर्ण स्वजनप्रति हृदयदेखिनै आभार व्यक्त गर्दछौं ।
सोबितराम कार्की
अध्यक्ष