काठमाडौं । क्यासिनो सेवा दिदै आएको एसएचएल म्याजेजमेन्ट सर्भिसेज ( केटिएम) प्रालि बन्द भएको छ ।
सांग्रिला होटल र टाइगर प्यालेस रिर्सोटले क्यासिनो नविकरण नगरेको कारण सेवा बन्द गरेको जनाएको छ । सांग्रिला
होटलले विगतदेखि नै नविकारण नगरेको र टाइगर प्यालेसले यो वर्षदेखि नविकारण नगरेको जनाएको छ ।
जस कारणले गर्दा सेवा बन्द गर्नुपरेको बताइएको छ ।
आफुसँग रहेको मजदुर नयाँ क्यासिनोमा सिफ्ट गराउने समेत जनाएको छ । यसको लगिाकर्ता सिल्भर हेरिटेज इभेष्टमेन्ट प्रालि र टाइगर काठमाडौं इनभेष्टमेन्ट प्रालि रहेको छ ।