नेप्से ६४ अंकले बढ्दा १० कम्पनीमा लाग्यो सर्किट, अधिकांश फाइनान्सको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड ९ लाख ६७ हजार कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिब्यश्वरी हाइड्रोपावर, मकर जितुमाया, नेपाल रिपब्लिक , कुथेली बुखेरीमा १०%, नेपाल वायर हाउजिङ, प्रोगेशिभ फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स