मरिच, केराउ, सुपारी आयातमा फेरि पूर्ण बन्देज, अर्थको निर्देशनसँगै १ दिनमै पछि हट्यो राष्ट्र बैंक

काठमाडौं । मरिच, केराउ, सुपारी आयातमा फेरि पूर्ण बन्देज लागेको छ ।

यस्तो वस्तु आयात पूर्ण रूपमा रोकिएकामा हिजो (बुधबार)बाट परिमाणात्मक बन्देज लागेको थियो र नेपाल राष्ट्र बैंकले शुक्रबार मात्र परिपत्र जारी गरी पूर्ण बन्देज खुला भएको जानकारी गराउँदै त्यहीअनुसार सटही सुविधा दिन निर्देशन दिएको थियो ।

गत असोज १७ गते सरकारले परिमाणात्मक बन्देज लगाउने विषयमा स्पष्ट नखुलाएको भन्दै केन्द्रीय बैंकले आयात, बैंकिङ तथा भुक्तानी प्रणाली रोक्न निर्देशन दिएकामा हिजोबाट खुलाएको थियो । तर, यसरी खुला गरेको भएपनि यस्तो निर्णय २४ घन्टा पनि टिकेन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स