करिब १७ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ३ लाख ७१ हजार कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६० करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ३७ करोड ६७ लाख, सोल्टी होटलको ३६ करोड ४३ लाख, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख, चिलिमे हाइड्रोपावरको २७ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स