सरुवामा परेका सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिँदै, अब ठूलो संख्यामा सहसचिवको सरुवा हुने

काठमाडौं । सोमबार ठूलो संख्यामा सचिवहरु सरुवा गरेर आज प्रधानमन्त्रीले आगामी योजनाको बारेमा निर्देशन जारी गर्दै छन् ।

मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा मंगलबार संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन जारी गर्न आज बैठक राखेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा आयोजना हुँदै छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु समेत उपस्थिति हुने छ ।

सरुवामा पर्नु अघि सबै सचिवहरुलाई बोलाएर उनीहरुको ब्रिफिङ लिएका थिए ।
ब्रिफिङ लगत्तै छ उनले सरुवा गरेका थिए ।

सचिवहरूले कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए ।

सचिवहरुलाई प्रधानमन्त्रीको ब्रिफ्रिङ र निर्देशन पछि अब सहसचिवहरुको पालो सुरु हुने देखिएको छ ।

सहसचिवहरुको समेत ठूलो संख्यामा हेरफेर गर्ने बुझिएको छ । संघीय सरकारको करिव ५० जना भन्दा बढि सहसचिवको सरुवा गर्ने तयारी रहेको बुभmिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स