सेमिफाइनल अघि पाकिस्तानका २ ब्याट्सम्यान बिरामी

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ ।

महत्वपूर्ण सेमिफाइनल खेल अघि पाकिस्तानका २ स्टार ब्याट्सम्यान बिरामी परेका छन् ।

पाकिस्तानका ओपनर ब्याट्सम्यान मोहम्मद रिजवान र भेट्रान ब्याट्सम्यान शोएब मलिक बिरामी परेका हुन् । उनीहरु दुवैलाई रुघा–खोकी लागेको छ ।

रुघा–खोकीका कारण दुवै जना पछिल्लो दुई अभ्यास सत्रमा समेत सहभागी भएनन् ।

दुवै खेलाडी अष्ट्रेलियाविरुद्ध उत्रनेमा आशंका उत्पन्न भएको छ । बुधबार अभ्यासमा नदेखिएका दुवै खेलाडीको कोभिड–१९ को परिक्षण नेगेटिभ आएको छ ।

दुई खेलाडी अनुपस्थित रहेको अवस्थामा पूर्व कप्तान सरफराज अहमद विकेटकिपरको रुपमा रिजवानको स्थान लिन सक्नेछन् । यस्तै हैदर अलीले मलिकको स्थान लिन सक्नेछन् ।

विश्वकपमा उत्कृष्ट फर्ममा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियामाथि बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ । बाबर आजम नेतृत्वको पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम हो ।

पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्न हार ब्यहोर्नु परेको छैन । आरोन फिन्च नेतृत्वको अष्ट्रेलिया समेत पछिल्लो समय लयमा देखिएको छ ।

पछिल्लो विश्वकपमा पाकिस्तान र अष्ट्रेलिया आमने सामने भएका थिए । जसमा अष्ट्रेलियाको टिमले रोमाञ्चक जित दर्ता गरेको थियो । तर यसपटक उत्कृष्ट फर्ममा देखिएको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई कठिन पर्ने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स