काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक २०.६३ अंकले घटेर २६६०.९३ अंक विन्दुमा आइपुगेको छ ।
आज ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको ९.७७%, मन्दाकिनी हाइड्रोपावरको ५.८५%, वाराही हाइड्रोपावरको ८.१६%, जानकी फाइनन्सको ६.८०%, गणपति लघुवित्तको ८.५६%, रसुवागडी हाइड्रोपावरको ६.३५%, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२७%, हाथ्वे इन्भेष्टमेन्टको ६.११%, ङादी ग्रुपको ५.७९%, एसियन हाइड्रोपावरको ५.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।