काठमाडौंमा बिक्री हुने सबैजसो खानेपानी संकास्पद, यी ब्राण्डको ठूलो लापरवाही

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री वितरण हुने खानेपानी संकास्पद देखिएको छ । गुणस्तरको मामिलामा लापरवाही गरेर जथाभावी उत्पादन तथा बिक्री वितरण हुने गरेको पाइएको हो ।

वर्षाको समयमा पानीलाई शुद्धिकरण गर्न र झनै निगरानी राख्नुपर्नेमा पानी उद्योगहरुले भने लापरवाही गरिरहेको पाइएको छ । यो समयमा पानी प्रदु्षित हुने खतारा चिकित्सकहरुले बताउँदै आइरहेका छन् । सरुवा रोगहरु पानीबाट सार्ने गर्छ । त्यसकारण सरकारले समेत अनुगमन तिब्र बनाइको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानीकारक शूक्ष्म जीवाणुहरुको संक्रमण बढ्ने साथै संक्रमित पानीको प्रयोगबाट रोगको संक्रमण हुने  बताएको छ । स्वच्छ तथा सफा पानीको प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।

सम्पूर्ण उपभोक्ताहरुले प्रशोधित पिउने पानीको बोटल र जारको लेवलमा पीएफटीक्यूसी नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोक्तालाई समेत भनिरहेको छ ।
तर केहि उद्योगले भने मापदण्ड विपरित र शुद्धिकरणमा ध्यान नदिएको पाइएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्ष्ण विभागले पानी उद्योग, सप्लायर्स र खुद्रा बिक्रेतमा अनुगमन गरेको थियो । जसमा कैफियत भेटिएको जनाएको छ ।

करवाही नै गर्नुपर्ने कैफियत भेटिएको जनाएको हो ।
जस अनुसार क्वालिटी खानेपाली प्रालि, कृषा सप्लायर्स, श्रेष्ठ नारायण दैनिक खाद्यान्न ,ओम खुसिखुसि , साना किराना जस्ता फर्महरु रहेको देखिएको हो ।

क्वालिटी खानेपाली प्रालि,कृर्षा सप्लायर्सका पानीको काठमाडौंमा धेरै बिक्री वितरण हुँदै आइरहेको छ । यसका उपभोक्ता धेरै रहेका छन् । तर यस्ता कम्पनीले लेवल बीनाका पानी बिक्री गुणस्तरहीन र लेवल नराखि बिक्री वितरण गर्नुले सर्वसाधारण्को स्वस्थ्यमा खेलवाड भएको देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स