गुराँस लघुवित्तको नाफा १ हजार ४५० प्रतिशतले बढी, अन्य सूचक कस्ता ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले असार मसान्तसम्ममा २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलानामा १ हजार ४५० प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ छ ।

कम्पनीको खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ छ । त्यस्तै समीक्षा अवधिमा कम्पनीले सापटि १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ र निक्षेप ३४ करोड ९४ लाख रुपैयाँ संकलन गरी १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसैगरी, कम्पनीको नाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी पनि बढेर २५.६१ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ ।

कम्पनीको चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स