काठमाडौं । सरकारको सामाजिक सुरक्षामा निकै ठूलो खर्च भैरहेको तथ्याङ्कले देखाएको छ । हरेक वर्ष यस्तो खर्च बढिरहेको समेत छ ।
कुल बजेट खर्चमा यसको हिस्सा ९ वर्षमै दोब्बर हुन पुगेको हो ।
पछिल्लो समय कुल खर्चको करिव १५ प्रतिशत खर्च सामाजिक सुरक्षामा सरकारले गर्दै आएको छ । यो निकै ठूलो अंश हुन पुगेको छ ।
नेपाल सरकारलाई खर्चको लागि स्रोत जुटाउन निकै अफ्ठ्यारो परिरहेको अवस्थामा सामाजिक सुरक्षाको अंश निरन्तर बढिरहनु चिन्ताको विषय हो ।
आर्थिक वर्ष २०७२।७३ मा सामाजिक सुरक्षामा भएको बजेट विनियोजन (कुल बजेटको ७ दशमलव ८८ प्रतिशत रहेको थियो ।
२०७३\७४मा ८ दशमलव ७१ प्रतिशत , २०७४\७५मा ८ दशमलव ०३ प्रतिशत , २०७५\७६मा ८ दशमलव ६० प्रतिशत , २०७६\७७मा १० दशमलव २६ प्रतिशत , २०७७\ ७८मा १२ दशमलव ८० प्रतिशत , २०७८\७९मा १५ दशमलव ४८ प्रतिशत , २०७९\८०मा १४ दशमलव ११ प्रतिशत र २०८०\८१मा १४ दशमलव ७८ प्रतिशत हिस्सा पुगेको छ ।
अंकमा पनि निरन्तर बढेको तथ्याङ्कले देखाएको छ । राज्यले जनताहरुलाई दिने समाजिक सुरक्षाको खर्चको स्रोत जुटाउन नै गह्रो अवस्था सिर्जना हुन थालेको आँकडाले देखाएको छ ।