प्रभु बैंकको सेयर खरिद बिक्रिमा रोक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर खरिद बिक्रिमा रोक लगाएको छ ।

बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा मूल्यमा प्रभाव पारेको भन्दै कारोबार रोक्का गरेको हो ।

नेप्सेले बैंकलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुसार सात दिने स्पष्टिकरण समेत सोधेको छ ।

नेप्सेले उक्त व्यवस्था अनुसार के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेको हो त्यस सम्बन्धमा ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/prabhu-bank.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स