काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ४४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १७ सय ३० रूपैयाँ कायम भएको छ ।