काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले जानकारी दिए ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने उनले बताए ।
राजनितिक अस्थिरताले निराश जनाइरहेको अवस्थामा बजेट कार्यक्रममा समावेश विषय वस्तुले समेत निजी क्षेत्रको आशा जगाउन नसकेको आरोप आइरहेको छ ।
यस्ता अवस्थामा अर्थतन्त्रलाई चलायनमान बनाउन ‘क्रिएटिभ’ मौद्रिक नीतिको जरुरी रहेको छ ।
मौद्रिक औजारहरुमा गत वर्षदेखि नै लचकता अपनाइएकोले यो वर्षको मौद्रिक नीति क्रिएटिभ मौद्रिक नीतिको आशा राखिरहेका छन् ।