प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले ऋणपत्र निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई भएको ‘प्राइम बैंक डिबेन्चर–२०९१’ नामक ऋणपत्र जारी गर्नेछ। जसमा कम्पनीले १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १२ लाख इकाई सार्वजनिक निष्कासन मार्फत् बिक्री गर्ने योजना बनाएको छ ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउने कम्पनीले बताएको छ ।

बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स