अर्थमन्त्री विष्णु पौडेल नयाँ टिम बनाउँदै, सचिव र सहसचिवको नाम खल्तीमा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अहिले सरोकारवालाहरुसँग भेटघाटमा व्यस्त रहेका छन् । बजेट पास भएर कार्यान्वयन गर्ने समयमा नयाँ सरकार निर्माण भएको छ । त्यसकारण उनलाई अहिले चापाचाप गर्नुपर्ने काम त छैन ।

तर अर्थतन्त्रमा आत्मविश्वासको कमी छ । सबैलाई प्रोत्साहित गर्दै बजेट कार्यक्रमको कार्यान्वयन गर्नु  प्रमुख जिम्मेवारी उनी माथि छ । सोहि अनुसार सबै पक्षसँग सहज रुपले भेटघाटमा उनी छन् ।

भेटघाटको क्रममा उनले आफ्नो पुरानो शैलीलाई नै निरन्तरता दिएका छन् । भेटको क्रममा सरोकारवालाहरुले जस्तो सुझाव र माग राखे पनि ग्रहण गरिरहेका छन् । तत्काल समाधान गर्न सकिने विषयमा समस्या समाधान हुन्छ भनेर बचन दिइरहेका छन् । त्यस्तै गरि संबोधन गर्न नसकिने विषयमा पनि उनले नम्र स्वभावमा अध्ययन गरेर निर्णय लिने बताउँदै आएका छन् ।

गत आर्थिक वर्षसम्ममा करिव २ खर्ब संचीत कोष घाटा रह्यो । त्यसको पूर्ति गर्दै नयाँ कार्यतालिकाका साथ काम गर्नुपर्ने तथा योजना बनाउनुपर्ने छ ।

अर्थतन्त्र चलायमान बनाउन तथा वस्तु उपभोग बनाउन कस्ता भुक्तानीहरुलाई चाँडो दिनुपर्ने हो, कस्ता आयोजनाहरुलाई प्रथमिकता दिनुपर्ने हो । त्यसमा काम गर्नुपर्ने आवश्यकता छ ।

अर्थमन्त्रालयमा नयाँ टिम बनाएर काम गर्नुपर्ने अवश्यकता उनले महसुस गरेका छन् ।
उनले सचिवदेखि नै सहसचिवसम्मको हेरफेरको तयारी समेत गरिसकेका छन् ।

आफ्नो काम गराइसँग तालमेल मिल्ने व्यक्तिहरुको खोजि गरिरहेका छन् । केहि सहसचिवहरुको उनले अर्थमन्त्रालय र सम्बन्धित निकायमा राख्नको लागि नाम नै टिपोट गरिसकेका छन् ।

तर उनले चाहेर मात्रै पनि नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चाहना बुझ्नपर्ने देखिएको छ । केहि व्यक्ति उनको समेत सिफारिसमा अर्थमन्त्रालय छिर्ने आँकलन छ ।

अर्थमन्त्री भने अर्थसचिव मधुकुमार मरासिनीलाई परिवर्तन गरेर अन्य टिम हेरफेर गर्ने तयारीमा छन् । उनले मुख्य राख्न खोजेको निकाय, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख , राजस्व महाशाखा प्रमुख, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख, भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभाग महानिर्देशक र ठूला करदाता कार्यालय प्रमुखमा उनले केहि नाम टिपोट गरेका हुन् । यी स्थानमा एकदुई व्यक्ति प्रधानमन्त्रीको समेत सिफारिसमा आउने देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स