काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् ।
कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले चन्दलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् ।
चन्दलाई असार ३१ गतेदेखि नै लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।