‘सूर्यवंशी’ बन्यो कोरोनापछि १ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो चलचित्र

काठमाडौं । बलिउड चलचित्र ‘सूर्यवंशी’ कोरोनापछि १ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो चलचित्र भएको छ । मंगलबार ‘सूर्यवंशी’ भारतीय बक्स अफिसमा १ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो चलचित्र भएको हो ।

चलचित्रले एक सातामा १२० करोडको कमाइ गर्ने आँकलन गरिएको छ ।

चलचित्रले हालसम्म भारतीय बक्स अफिसमा १०२.८१ करोडको कमाइ गरिसकेको छ । त्यस्तै, यस चलचित्रले नेपाली बक्स अफिसमा पनि राम्रो कमाइ गर्न सफल भएको छ । सिनेमा वितरकका अनुसार यस चलचित्रले हालसम्म ३ करोडको व्यापार गरेको बताइएको छ ।

रोहित सेट्टीको निर्देशनमा तयार भएको यस चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देवगण, रणवीर सिंहको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स