पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता, ८५ लाख बिगो दाबी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण गरेको ठहरसहित विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार ८५ लाख बिगो दाबी गरेको हो ।

गुप्ताले अपहरण तथा शरीर बन्धक मुद्दाको रोहमा सोसम्बद्ध कसुरबाट फिरौतीको रुपमा पाएको कसुरजन्य सम्पत्तिलाई उत्पत्तिको गैरकानुनी स्रोतबाट अलग गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै विभागमा उजुरी परेको थियो ।

विभागका अनुसार गुप्ताले उक्त कसुर गरी रकमको खण्डीकरण गरी स्वरुप परिवर्तन गरेर १७ लाख ३० हजार रुपैयाँको सुन किनेको, फिरौती रकमबाहेक अन्य रकमबाट अरु मानिसलाई समेत पैसा दिई बाँकी रकम निसर्ग समेत गरेको देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स