काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार सञ्चालक समितिको बसेको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले बोनस ८ प्रतिशत र नगद करसहित ३.५ प्रतिशत दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।