काठमाडौं । एकैदिन (बिहीबार) छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १३ सय रूपैयाँले बढेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १२ सय ७० रूपैयाँ कायम भएको छ ।