आँखुखोला जलविद्युतले साउन २७ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्यालउ धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा भदौ १६ गतेसम्मा आवेदन दिन सकिने छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत साउन १ गते बुक क्लोज गरेको थियो। यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रदबाट जुट्ने रकम गणेश हिमालले प्रवद्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा ८० करोड लगानी गर्ने र बाँकी रकम ४० करोड ऋण भुक्तानीका लागि उपयोग गर्ने जनाएको छ ।

हाल कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ छ। हकप्रद बाँडफाँटपश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स