सरकारको ढुकुटी २ खर्ब घाटामा

काठमाडौं । संघीय सरकारको ढुकुटी निकै घाटामा देखिएको छ ।
२०८१ असार मसान्त सम्ममा संघीय सरकारको सञ्चित कोष २ खर्ब ३९ अर्ब ३६ करोडले ऋणात्मक रहेको हो ।

२०८० असार मसान्तमा सञ्चित कोष १ खर्ब ८१ अर्ब २७ करोडले ऋणात्मक रहेको थियो । संघीय सरकारको ढुकुटीमा ऋण बढिरहेको छ ।

गत आर्थिक वर्ष २०८० /८१ मा सरकारको कुल आम्दानी ११ खर्ब ९५ करोड रुपैयाँ भएको थियो ।
कुल संघीय खर्च १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ भएको थियो ।

जसमा चालू खर्च ९ खर्ब ५२ अर्ब रुपैयाँ भएको छ । पुँजीगत खर्च १ खर्ब ९७ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापनमा २ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स