सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले आज साउन ८ गते अन्तिम दिन रहेको हो ।

कम्पनीको एफपीओमा हालसम्म मागभन्दा ४०५.१४ गुणा बढी आवेदन परेको छ । हिजो साँझ ५ः१२ बजेसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

जसमा १२ लाख ८८ हजार ८१८ जना आवेदकहरुले १ करोड ८९ लाख ३१ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले साउन ४ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन गरेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ।

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको एफपीओलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आइएस) बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्‍याउने उद्धेश्यले एफपीओ निष्काशन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स