काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
कम्पनीले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।
बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेकोमा आईक्यानले उक्त कम्पनीलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
कम्पनीले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।