आज यस्तो छ अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ यथावत रहेको छ । आज अमेरिकी डलरको मूल्य सर्वाधिक बढी मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । हिजो र अस्ती पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो । युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स