कृतिम रुपमा बजार घटाइयोः नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार

काठमाडौं । तिहार अघि निरन्तर रुपमा उकालो चढिरहेको सेयर बजार अहिले घट्दो क्रममा देखिएको छ । तिहार बिदा पछिको २ कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९८.९९ अंकले घटेको छ । सोमबार नेप्से १९.२ अंक र मंगलबार ७९.७९ अंकले घटेको छ ।

दशैंपछि २५१० अंकसम्म पुगेको नेप्से ३३८ अंकले बढ्दै २८४८ विन्दु छेएको थियो ।

पुँजी बजारमा ५, १० अंकको घट्बढ् स्वाभाविक भएपनि मंगलबारको घटाइ अस्वभाविक भएको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । मंगलबार कृतिम तरिकाले बजार घट्इएको रौनियारको दावी छ ।

‘आतंकित तरिकाले बजार घटाइएको छ । ५, १० अंकले घटेको भए यसलाई करेक्सन मान्न सकिन्थ्यो,’ रोनियारले भने, ‘यो नियोजित रुपमा घटाइएको छ ।’

आफ्नो भनाइलाई पुष्टी गर्दै उनले भने, ‘केही मिडियामा ब्याजदर बढ्छ, तरलताको अभाव अझै चुलिएर जान्छ । सेयर धितो कर्जामा पनि काडाई गर्छ ।’ भन्ने समाचारहरु प्रकाशित भएका छन् । यस्ता प्रकारका समाचारका कारण लगानीकर्ताहरु आतंकित भएर बजार घटेको उनले भनाइ छ ।

नयाँ तथा नवप्रवेशी लगानीकर्ताहरुमा आत्तिने तथा मात्तिने बानी रहेको पनि उनले बताए । लगानीकर्ताको यस्ता बानीका कारण बजार अझै परिपक्क बन्न नसकेकोमा उनको गुनासो छ । पुष्टि हुनै नसक्ने सुचनाको भरमा बजार एक सय अंकसम्म घट्ने गरेको छ । मंगल बजार १०० अंकसम्म घटेको थियो । अन्तिम समयमा समालिदा २० अंकको रिकभर भयो ।

यस्ता अवस्था हेर्दा नेपालको पुँजी बजार अहिले पनि परिपक्क बन्न नसकेको उनी बताउछन् ।

समाचारमा आएका ती विषयहरु राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत् जारी गर्ने व्यवस्था हो । राष्ट्र बैंकबाट त्यस्तो महत्वपूर्ण सूचना चुहिने सम्भावना निकै न्युन हुन्छ । मिडिया तथा केही लगानीकर्ताहरुले सूनियोजित रुपमा गलत सूचना प्रवाह गरेर लगानीकर्ता आतंकित पार्ने काम गरेको उनको आरोप छ ।

४–१२ को विषयमा नेपाल उद्योग परिसंघको कार्यक्रमा गभर्नरले सकारात्मक अभिव्यक्ति दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा पनि गभर्नर सकारात्मक देखिएका उनले बताए ।

गभर्नरको एउटा अन्तर्वातामा ४-१२ का कारण सेयर बजारमा यति धेरै नकारात्मक असर पर्छ भनेर नसोचेको अभिव्यक्ति दिएको उनले बताए ।

गभर्नरको पछिल्लो अभिव्यक्ति हेर्दा ४-१२ को विषयमा राष्ट्र बैंक केही खुकुलो नीति अबलम्बन गर्छ कि भन्ने विश्वास गर्न सकिने ठाउँ छ ।

कर्जा र निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशतभन्दा तल राख्नु पर्ने राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार केही बैंकहरु थप लगानी विस्तार गर्न नसक्ने अवस्थमा पुगेका छन् । बैंकरहरु केही समयका लागि सीडी रेसियो बढाएर ९२ प्रतिशतसम्म बनाउन राष्ट्र बैंकलाई अनुरोध गरिरहेका छन् । अहिले बैंकहरुसँग कर्जा स्वीकृत गरेको रकम दिन सक्ने अवस्था पनि छैन ।

यो अवस्थाका कारण सीडी रेसियोलाई हटाएर पुरानै व्यवस्था सीसीडी (कर्जा पुँजी र निक्षेप) अनुपात कायम गर्नुपर्यो । यस्तो गर्न सकियो भने बैंकहरुसँग लगानी गर्नका लागि प्रशस्त रकम हुन्छ । सीडी रेसियो २,३ प्रतिशतसम्म बढाउन सकिने सम्भावनाका विषयमा बैकर्ससँगका अधिकारीसँग कुरा हुँदा बताउने गरेको उनले बताए ।

तरलता पुर्ती गर्न डिभेञ्चर निष्काशन गर्नुपर्छ, निक्षेप संकलन बढाउनुपर्छ वा वैदेशिक बण्ड ल्याउन सक्नुपर्छ । गभर्नरले विभिन्न फोरममा तरलताको अभाव पूर्ती गर्न राष्ट्र बैंकसँग केही औजार रहेका छन् । सीसीडीलाई सीडी र कुनै सीमा बिना वितरण भइरहेको सेयर धितो कर्जालाई ४-१२ को सीमा तोकिदा पुँजी बजारमा समस्या भएको हो । बैंकको ब्याजदर महँगो हुँदा र थप कर्जा विस्तार हुन नसक्दा बजार बढ्न सकेन ।

राष्ट्र बैंकले ब्याजदरमा लगाम नकसेको भए ब्याजदर धेरै महँगो हुने थियो । अहिले ब्याजदर नियन्त्रणमा छ । उक्त व्यवस्थाका लागि राष्ट्र बैंक धन्यवादको पात्र भएको उनले बताए ।

ब्याजदरको विषयमा सरकार पनि संवेदनशिल देखिएको उनले बताए ।

‘ब्याजदर बढ्दा पुँजी बजारसँगै अर्थतन्त्रको अन्य आयमहरु पनि प्रभावित हुन्छन् । यसले अर्थतन्त्रको म्याक्रो लेभलमा असर गर्छ । मुल्य वृद्धि बढ्छ,’ उनले भने, ‘मुल्य बढ्ने वित्तिकै आमउपभोक्ता देखि उद्योगी व्यवसायी सबै मर्कामा पर्छन् ।’

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । ब्याजदर नियन्त्रण बाहिर गयो भने सरकारले आफ्नो लक्ष्य हासिल गर्न सक्दैन । यसले गर्दा ब्याजदर थप बढ्न नदिनका लागि सरकारले पनि राष्ट्र बैंकले केही नीतिगत बल प्रदान गर्छ भन्ने अपेक्षा गर्न सकिने उनी बताउँछन् ।

साथै, अर्को वर्ष निर्वाचन पनि हुँदैछ । करिब ४७ लाख डिम्याट खाता खुलिसकेका छन् । २४ लाखले आइपीओमा आवेदन दिन्छन् । ३७ लाख मेरोसेयर प्रयोगकर्ता छन् । मुलुकको कुल जनसंख्याको करिब १६ प्रतिशत जनता पुँजी बजारको पहुँचमा छन् । यसले गर्दा पनि पुँजी बजारको हितका लागि सरकारले केही नीतिगत व्यवस्था गर्छ भन्ने विश्वास गर्न सकिन्छ ।

पछिल्लो समय पुँजी बजारले धेरै विस्तार भइसकेको छ । विगतको ११ सय र १८ सयसँग पुँजी बजारलाई दाज्नु हुँदैन । यसलाई विगतका इतिहासको रुपमा हेर्नुपर्छ । ४४ खर्ब रुपैयाँसम्म पुगेको पुँजी बजार हो । अहिले घटेर साढे ३८ खर्ब रुपैयाँ छ । यो भनेको पनि बजेटभन्दा पौने ३ गुणा ठूलो हो ।

पुँजी बजार नेपालमा मात्र नभएर संसार भर बढेको छ । कोभिड महामारी पछि विश्वभरको पुँजी बजार बढेको छ । भारतमा मात्रै एक वर्षमा ११ हजार इन्डेक्स बढेको छ । ‘भारतलगायत मुलुकमा पुँजी बजारको वृद्धिलाई सकारात्मक रुपमा लिने गरिएको छ,’ उनले भने, ‘हाम्रो भने नियमक नै नियन्त्रक हुने परिपाटी छ ।’

पुरातनवादी सोच भएका व्यक्तिहरु नियमक निकायमा रहने भएकाले पनि पुँजी बजार माथि जान लाग्यो भने नीतिगत व्यवस्था मार्फत् लगाम कस्ने काम हुन्छ । नीतिगत रुपमा पुँजी बजारलाई घटाउने काम नेपाल बाहेक अन्य देशका नियमकले नगर्ने उनको दावी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स