काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ अंक विन्दुमा आइपुगेको छ ।
आज ४ करोड ११ लाख ९५ हजार कित्ता सेयर १५ अर्ब २३ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३० करोड ६७ लाख, कुमारी बैंकको २७ करोड ९३ लाख, सीईडीबी हाइड्रोपावरको २६ करोड ८५ लाख, शिवम् सिमेन्टको २४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।