काठमाडौं । नेपाल परवाहन तथा गोदाम व्यवस्था लिमिटेडको महाप्रबन्धनको लागि १० जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुलाएको आवेदनमा १० जनाले इच्छा देखाएका हुन् ।
जेठ २३ गते आवेदन खुलाएको थियो । आवेदन दिनेमा रामबाबु शाह , लोकबहादुर खड्का , कर्ण बहादुर कुँवर, कुमार अधिकारी , गोपाल घिमिरे , छत्र बहादुर कटुवाल, कुल प्रसाद राई, प्रकाश प्रसाद पोखरेल, गंगा चौलागाई र खगेन्द्र राज अवस्थी रहेका छन् ।