सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।

कम्पनीले चुक्तापुँजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गर्दै असार २३ गते बोर्डमा आवेदन दिएको हो ।

बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स