रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्काशन गर्ने

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारण सभा आव्हान गरेको हो ।

कम्पनीले सभा साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा आह्वान गरेको छ ।

कम्पनीले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको जनाएको छ ।

सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स