अमेरिकी डलरको भाउ बढ्दा अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरसहित केहि विदेशी मुद्राहरुको भाउ बढेको छ ।

आज अमेरिकी डलर र दिनारसहित केही विदेशी मुद्राको मूल्य बढ्दा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको हो ।

राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । विगत दुई दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो ।

हिजो र अस्ति अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ २९ र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स