राष्ट्र बैंकले गर्‍यो ५ वटा विकास बैंकसहित ८ कम्पनीलाई कारवाही, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच विकास बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग ५ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास र एक्सेल डेभलपमेन्ट बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले कम्पनी, संचालक समिति र सीईओलाई कारवाही गरेको हो ।

गत आर्थिक वर्षको चौंथो अवधिमा राष्ट्र बैंकले सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कारवाही गरेको हो । राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन विपरित काम गरेको भन्दै अध्यक्षलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरेको आज जारी गरेको सूचनामा उल्लेख गरेको छ । यस्तै, पुँजी कोषको अनुपात अपुग भएको भन्दै सिन्धु विकासबैंक कारवाहीमा परेको छ ।

अनिवार्य मौज्दात सीमामा नराखेको भन्दै कर्णाली डेभलपमेन्ट बैंकलाई कारवाही गरेको हो । कर्णालीलाई २ हजार ५४६ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

वासलात नबुझाएको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंकलाई पनि सचेत गराइएको छ । नारायणी डेभलपमेन्ट बैंक पनि शीघ्र संस्था सुधारात्मक कारवाहीमा परेको छ ।

त्यसैगरि समयमै लेखापरीक्षण नगराएको तथा वासलात नबुझाएको भन्दै एक्सेल डेभलपमेन्ट बैंक पनि कारवाहीमा परेको छ । एक्सेललाई सचेत गराइएको हो ।

कारवाहीमा पर्ने फाइन्स कम्पनीहरु पनि रहेका छन् । बेष्ट फाइनान्स , रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई राष्ट्र बैंकको कारवाहीमा गरेको हो ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/07/15.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स