प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य

काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ ।

ट्याक्सी व्यवसायीहरुले कम्पनीको खाताबाट सहज रुपमा रकम झिक्न तथा आफ्नो खाताको पूर्ण जानकारी मोवाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् ।

विभिन्न बैंक तथा वित्तीय संस्था तथा अन्य गेट–वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउने उद्धेश्यले कम्पनी र एवन ग्रेटर नेपाल यातायात बीच बुधबार एक सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा कम्पनीका गण्डकी प्रदेश प्रमुख तथा व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।

अब विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको बैंकको क्यूआरमार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्नेछन् ।

व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराउने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स