काठमाडौं । १२ औं राष्ट्रिय जनगणनामा ८० वटा प्रश्न सोधिने भएको छ । गणकहरूले प्रत्येक घरपरिवारमा गएर परिवारको सदस्य संख्यादेखि बैंक खाता, आय स्रोत, घर जग्गाको स्वामित्व, घर परिवारले गरेका उद्यम व्यवसायदेखि स्थानीय तहमा रहेका संरचना, भौतिक पूर्वाधारसम्मका प्रश्न सोधिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिललाल श्रेष्ठ छ ।
जनगणनामा घरपरिवारका सदस्य गणना गर्न आउने गणकहरूले औसतमा २० मिनेटमा ८० वटा प्रश्न सोध्ने विभागले जानकारी दिएको छ ।