सुनको मूल्य तोलामा डेढ लाख नजिक, हाल सम्मकै उच्च

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ९५ रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स