बैंकहरूले सरकारलाई तिरे करिब २६ अर्ब रुपैयाँ आयकर, सबैभन्दा बढी कर तिर्नेमा नबिल, अन्य बैंकले कति तिरे ?

काठमाडौं । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारलाई २५ अर्ब ६२ करोड २ लाख रुपैयाँ आयकर तिरेका छन् ।

चालु आवको साउनदेखि जेठ मसान्तसम्म सबैभन्दा बढी सरकारलाई नबिल बैंकले आयकर तिरेको छ । बैंकले २ अर्ब ७२ करोड रुपैयाँ आयकर तिरेको हो । सरकारलाई बढी कर तिर्ने दोस्रो नम्बरमा प्रभु बैंक रहेको छ । बैंकले सोही अवधिमा २ अर्ब रुपैयाँ सरकारलाई आयकर तिरेको छ ।

त्यसैगरी नबिल र प्रभुलाई टकर दिदै कुमारी बैंकले १ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई आयकर तिरेको छ ।

१२ वटा वाणिज्य बैंकहरुले सरकारलाई १ अर्ब रुपैयाँ बढी आयकर तिरेका छन् भने नेपाल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले सरकारलाई कम आयकर तिरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

जसमा कुमारी बैंकले १ अर्ब ९२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८८ करोड, प्राइम बैंकले १ अर्ब ५२ करोड, एभरेष्ट बैंकले १ अर्ब ४१ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ३१ करोड, हिमालयन बैंकले १ अर्ब ३० करोड, स्ट्रयाण्डर्ड चाटर्ड बैंकले १ अर्ब २९ करोड रुपैयाँ सरकारलाई आयकर तिरेका छन् ।

त्यसैगरी, लक्ष्मी बैंकले १ अर्ब १ करोड, सिद्धार्थ बैंकले १ अर्ब १ करोड, कृषि विकास बैंकले १ अर्ब, एनएमबी बैंकले १ अर्ब १६ करोड, नेपाल बैंकले ८० करोड, सिटिजन्सले ८७ करोड, सानिमाले ८४ करोड, नेपाल एसबीआई बैंकले ७३ करोड र माछापुच्छ्रे बैंकले ६९ करोड रुपैयाँ सरकारलाई आयकर तिरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स