काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरुको समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
सोमबार पद तथा गोपनियताको शपथ ग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका उनले मन्त्रालयको प्रवेशद्वार मै आन्दोलनरत कर्मचारीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । उनले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने जानकारी गरे । पदभार ग्रहण गनै पुगेपनि पदभार ग्रहण नगरी र्फकिए ।
उनले समस्या समाधानका लागि आफू तयार रहेको बताए ।