वाणिज्य बैंकहरुकोे सार्वजनिक गरे नयाँ ब्याजदर, अधिकांशले घटाए, कुनको कति ?

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

जसमा १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । ५ वटा बैंकहरुले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने २ वटा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् ।

बैंकहरुले असार महिनामा व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.८७ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७४ प्रतिशतमा झरेको छ । साउन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशत विन्दुले घटेको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.४८ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१२ प्रतिशत विन्दुले कम हो । असार महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत थियो ।

ब्याजदर बढाउने बैंक

कृषि विकास बैंकले व्यक्तिगततर्फको ब्याजदर बढाएर ६.२९९५ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत कायम गरेको छ । यसअघि असारमा बैंकले व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६.३० र संस्थागततर्फ अधिकतम ५.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.७५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

ब्याजदर स्थिर राख्ने बैंक

नबिल बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागत तर्फको घटाएको छ । बैंकले साउन महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल एसबीआई बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ब्याजदर घटाउने बैंक

एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

एनएमबी बैंकले पनि साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल बैंक लिमिटेडले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ र संस्थागतर्फको अधिकतम ४.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

कुमारी बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागतर्फ ५.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७६ प्रतिशत र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्रभु बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५० प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८० प्रतिशत र संस्थागततर्फ ५.८० प्रतिशत ब्याजदर तोकेको थियो ।

सिद्धार्थ बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनामा व्यक्तिगततर्फ अधिकतम ६.५० र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर कायम गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स