टिकटक आइसल्याण्डले नेपाली कम्पनीलाई गर्यो उजुरी

काठमाडौं । टिकटक लिमिटेड केम्यान आइसल्याण्डले नेपाल कम्पनीलाई लोगो चोरेको आरोपमा उजुरी गरेको छ । उद्योग विभागका अनुसार उस्तै लोगो प्रयोग भएको भन्दै उजुरी गरेको हो ।

नेपाली कम्पनी रिया एण्ड रक्षा फुड प्रोडक्ट विरुद्ध उजुरी गरेको हो ।

उक्त उजुरी सहित रक्षा फुड प्रोडक्टलाई जनाकारी गराइएको र सूचना समेत जारी गरिएको बताइएको छ ।

त्यस विषयमा कार्यविधि अनुसार छानबिन गरिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स