सोमबार अमेरिकी डलरको भाउ घट्दा अन्यको कस्तो ?

काठमाडौं । सोमबार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर र दिनारको मूल्य घट्दा युरो, पाउन्ड अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ । विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ ।

युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स