डेडिकेटेड लाइन विवादः ५ उद्योगको नाइन काटेपछि ५९ उद्योगले नै काटे बिजुली

काठमाडौं । डेडिकेटेड विवादमा परेका केहि उद्योगको बिजुली काटेपछि ५९ उद्योगले आफैं बिजुली काटेका छन् ।

नेपाल विद्युत प्राधिकरणले २५ र २६ असारका दिन उद्योगको बिजुली काटिएपछि उद्योगीले विज्ञप्ति जारी गर्दै ती उद्योगमा बिजुली नदिए सबै उद्योगको बिजुली आफैंले काट्ने चेतावनी दिएका थिए । प्राधिकरणले रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची, सर्वोत्तमलगायतको सिमेन्टको बिजुली काटेको थियो ।

उद्योगीहरूले बिजुली जडान नगरी उद्योगीलाई तर्साउने र धम्काउने काम गरेको आरोप प्राधिकरणलाई लगाएका छन् ।

उद्योगीहरूले आइतबार एक विज्ञप्ति निकाल्दै सोहिकारण आइतबारदेखि नै सबै उद्योगमा स्वतःस्फूर्त रूपमा बिजुली कटौती गरिएको उद्योगीहरूले जानकारी दिएका छन् ।

उद्योगीहरूले डेडिकेटेड तथा टंक लाइन विवादमा अध्ययन गर्न गठन भएको गिरिशचन्द्र लाल नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरी बिजुली काटिएको भन्दै विरोध जनाइरहेका छन् ।

लाल आयोगले दिएको सुझाव तथा मन्त्रिपरिषद्को निर्देशन अनुसार प्राधिकरणले उद्योगीलाई प्रमाणसहित बिल जारी गरेमा महसुल तिर्न तयार रहेको उद्योगीहरूले बताउँदै आएका छन् । उद्योगीहरूले अहिलेको विवाद समाधान नभएसम्म कुनै पनि उद्योगले प्राधिकरणले बिजुली आपूर्ति नलिने समेत जनाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स