नेपालको सबैभन्दा ठूलो टाइल उत्पादक प्राइम सेरामिक्सद्वारा आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा

काठमाडौं । प्राइम सेरामिक्स प्रा. लि., नेपालको सबैभन्दा ठूलो तथा एकमात्र भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनीले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ ।

कम्पनीले २ अर्बको लगानीमा गत आषाढ २०८० देखि रौतहटमा आफ्नो अत्याधुनिक फ्याक्ट्रीबाट एसएसीएमआई इटालीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरुको उत्पादन सुरु गरेको थियो ।

एक वर्षको अवधिमा कम्पनीे को ब्रान्ड ‘प्राइम–टाइल्स विथ स्टाइल’ ले नेपाली उपभोक्ताहरुको मन जित्दै २ करोड स्क्वायर फिटभन्दा बढी टाइलहरु बिक्री गर्न सफल भएको छ । यस सफलताको प्रमुख कारणहरूमा भित्ता र फ्लोर टाइलको विभिन्न साइजहरु, ३५० भन्दा बढी डिजाइनहरू, १२० डिलरहरुको बलियो नेटवर्क, गुणस्तरीय उत्पादनहरु, प्रतिस्पर्धी मूल्य र नेपालीको स्वदेशी ब्रान्ड रहेको छ ।

३५० कर्मचारीहरूको टिमको साथ, सम्पूर्ण निर्माण प्रक्रियाहरु अत्याधुनिक, अल्ट्रा–आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चा पर्दाथ सहित स्पेनिश गलेज मसीको प्रयोग गरि, कम्पनीले नेपाली ग्राहकहरूको चाहना अनुरुपको रोजाई तथा प्राथमिकताका टाइलहरु उत्पादन गरेको छ ।

कम्पनीले नेपालमा पहिलो पटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, थाङ्का/पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोन लगायतका नेपालको कला र संस्कृतिलाई टाइल्समा प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार प्राइम टाईल्सले विश्वव्यापी मापदण्ड पूरा गर्ने नेपाली ब्राण्ड भएकोमा निकै सन्तुष्टि महशुस गरेको छ । कम्पनीले आयातित टाइल्सलाई आंशिक रूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ ।

कम्पनीद्वारा नेपालको सबैभन्दा प्रशंसनीय र सबैभन्दा ठूलो टाइल उत्पादकको रूपमा आफ्नो स्थानलाई बलियो बनाउँदै अझै गुणस्तरीय र नया डिजाइनका टाइलहरुलाई ग्राहकका सामु प्रस्तुत गर्न प्रतिबद्ध रहेकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स