काठमाडौं । लोकसेवा आयोगले बुधबार सूचना प्रकाशित गरि करिब साढे ४ सय पदमा जागिर खुलाएको छ ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका आठौ र सातौ तहता पदमा जागिर खुलाएको हो ।
आयोगले लिखित र मौखिक रुपमा परीक्षा लिने जनाएको छ । जागिर खाने इच्छुक आवेदकले अनलाइनबाट आवेदन भर्न सक्नेछन् ।
आवेदन दिने अन्तिम मिति मंसिर १४ गते र दोब्बर दस्तुर तिरेर मंसिर २१ गतेसम्म रहेको छ ।