नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ रहेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स