नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।

यी दुवै कम्पनी एकापसमा गाभिएर असार ३० गतेबाट एकीकृत वित्तीय कारोबार गर्न लागेकोले कारोबार रोक्का भएको हो ।

नेप्सेले दुवै कम्पनीको एकीकृत कारोबार ‘सम्पदा लघुवित्त वित्तीय संस्था’को नामबाट शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम दुवै संस्थाको सेयर कारोबार असार ३० गतेदेखि लागू हुने गरी रोक्का गरेको जनाएको छ।

मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्त्रीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।

राष्ट्र बैंकले यी दुवै संस्थालाई गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स