नेप्से २२ सय माथि जाँदा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड २ लाख ३७ हजार कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बलेफी हाइड्रोपावरको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सिटिजन्स सुपर म्यूचल फण्डको ९.९७%, एनआईबीएल स्टेबल फण्डको ९.८३%, जानकी फाइनान्सको ८.७६%, सिटिजन्स म्यूचल फण्डको ७.८२%, कुमारी सबल योजनाको ७.४७%, एनआईबीएल समृद्वि फण्डको ७.३१%, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७.०९%, स्वाभिमान लघुवित्तको ६.२५%, केबीएल डिबेन्चरको ५.९७ प्रतिशतले सेयर मुल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स